Logo
Logo

उद्योग मन्त्रालयको सरुवामा मन्त्रीका पीएको आतंक, घरेलु केन्द्रमा कनिष्ट उपसचिवको रजगज



काठमाडौं । सहसचिवको दरबन्दी भएको लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रमा उपसचिव बिष्णु भट्टराई फुयाँल मै कार्यालय प्रमुख हुँ भन्दै अघि सरेपछि विवाद सृजना भएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आफूलाई आर्थिक, प्रशासनिक अधिकारसहित निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको दाबी गरेपछि केन्द्रका कर्मचारीहरु नै कसलाई कार्यालय प्रमुख मान्ने भन्ने द्विविधिमा परेका छन् ।

उद्योग मन्त्रालय बिष्णु भट्टराई फुयाँल दायाँ र विवेक घिमिरे ।

आर्थिक बर्ष २०८०–०८१ को बार्षिक कार्यक्रममा रहेका कार्यक्रमहरु संचालन गरी सम्पन्न गर्नुपर्ने बेलामा केन्द्रमा भने उपसचिव भट्टराईको लहडले गर्दा अस्तब्यस्त बन्न पुगेको छ । केन्द्र स्रोतका अनुसार सम्झौता भएर सुरु भइसक्नुपर्ने कार्यक्रमहरु निर्णयकै पर्खाईमा छन् भने कतिपय कार्यक्रमहरु सम्झौता भएर अगाडि बढ्न सकेका छैनन् ।

करोडौंका कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा पुगेको बताइन्छ । केन्द्रका कार्यालय प्रमुख रहेका सहसचिव दीपक घिमिरेलाई मन्त्रालय तानेको बताइए पनि त्यहाँ भने कनिष्ट उपसचिव भट्टराईलाई निमित्त दिइएको भनिएको छ ।

जबकि बरिष्ठ उपसचिव अमित आचार्य केन्द्रमा कार्यरत छन् । उद्योग मन्त्री दामोदर भण्डारीका निजी सचिव विवेक घिमिरे खोटाङका भएको र भट्टराईको माइती पनि त्यहीँ भएकाले उनलाई नियम बिपरीत निमित्त प्रमुख दिइएको छ । मन्त्री भण्डारीलाई गुमराहमा पारी कनिष्ट उपसचिवलाई कार्यालय प्रमुखको जिम्मा दिएर घिमिरेले केन्द्रमा अराजकता निम्त्याएका छन् ।

घिमिरेको उक्त कदमका कारण केन्द्र अनिर्णयको बन्दी बन्न पुगेको छ । अहिले उद्योग मन्त्रालयमा सरुवा आतंक नै मच्चाएका छन् । आफू अनुकूल नदेखिएका कर्मचारीहरुलाई मन्त्रालयबाटै आउट गर्ने नीति अपनाइएको छ ।

सहसचिव चन्द्रकला पौडेल एमाले निकट भए पनि घिमिरेको स्वार्थ अनुसार नचल्दा महिला मन्त्रालयमा सरुवा हुनुपरेको छ भने प्रखर कांग्रेसनिकट भएर सहसचिवद्वय रामचन्द्र तिवारी र छवि रिजाललाई भने मन्त्रालयमै महाशाखा दिएर राखिएको छ । त्यसमा घिमिरेको सेटिङले काम गरेको बताइन्छ ।

सुदूरपश्चिमका देवराज जोशीलाई औद्योगिक प्रबद्र्धन महाशाखाको जिम्मा लगाइएको छ । बाबुराम अधिकारीले बहुपक्षीय महाशाखा पाउँदा लक्ष्मी निरौला प्रशासन तथा संस्थान महाशाखा सम्हाल्न पुगेका छन् । उपसचिवद्वय हरि पँगेनी र भक्तराज जोशीलाई मन्त्रालयबाटै आउट गरिएको छ । अझै पनि घिमिरेले मन्त्रालय मातहत र बाहिरका कर्मचारीहरुको सरुवाको सूची बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्