Logo
Logo

आईपीएलमा आज गुजरात र कोलकाता भिड्दै


882
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजनमा पहिलो पटक आमनेसामने हुन लागेका हुन् । कोलकाताले १२ मध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ । कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली हो । अर्कोतर्फ १२ खेलमध्ये ५ जित र ७ हारेको गुजरात १० अङ्कसहित ८ नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्