Logo
Logo

मधेश प्रदेश जान डिआइजीको रुवावासी


2.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र राजनीति निकै कम हुन्छ । भएपनि आइजीपी हुने समयमा सत्तारुढ दलसँग निटकता राख्नुपर्ने बाध्यता रहन्छ । तर, कोशी प्रदेशस्थित बराह बाहिनीबाट सरुवा भएका डिआइजी अञ्जनीकुमार पोखरेल भने आफूलाई सत्ताको धाक लगाउदै मधेश प्रदेश जानलाई लविङ गरिरहेका छन् ।

खासगरी, प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रसँग निकट सम्बन्ध रहेका र सिन्धुलीका हरिबोल गजुरेलको आँडमा बराह बाहिनीको कमाण्ड गर्न पुगेका डिआइजी पोखरेलले मधेश प्रदेशको कमाण्ड गर्न पाउनुप¥यो भन्दै शक्ति केन्द्र धाएपछि आइजीपी राजु अर्यालले काठमाडौ सरुवा गर्न अडान लिए । सोही अनुसार उनको सरुवा भयो ।

कोशी प्रदेशमा रहँदा विवादमा आएका उनलाई कही कतैबाट कारबाही गरिएन । पत्रकारलाई कोशीमा लगेर डुंगा पल्टाएको, आफ्नै घुमुवा लगाएर जुनियर अधिकृतमाथि कुटपीट गरिएको, भन्सार कार्यालयबाट घुमुवा खटाएर असुली गरेको जस्ता आरोपमा उनीमाथि छानबिसमेत भएन । आफूलाई अहिलेबाटै आइजीपीको दाबी गर्दै हिडेका पोखरेलले आफूमुनिको दर्जालाई सधै हेप्नेमात्रै काम गरेकाले पूर्वमा उनीप्रति कोही पनि सन्तुष्ट रहेका छैनन् ।

उनको स्थानमा कमाण्डमा कमजोर मानिएका डिआइजीलाई पठाइएको छ । सशस्त्र प्रहरी मुख्यालयमा कार्यरत रहेका शम्भू सुवेदीलाई पठाइएको छ । डिआइजी सुवेदीलाई विगतमा एकेडेमीको टायल घरमा लगेको गम्भीर आरोप लागेको थियो ।

त्यसमा आइजीपीले छानबिनसमेत नगरी चुपचाप सहेका थिए । ‘उनको विगत पिटिक्कै असल छैन, पोखरामा रहँदा चण्डिका गण र मनकामना गणमा राती असुली गर्न जान्थे, महिना वित्नेवित्तिकै भेट्न आएन भनेर टोली सामेल गराउन पुग्थे । एकेडेमी टायल घरमा लिएर विवाद भयो, त्यसपछि सो टायल झापा पुर्याएको भन्ने शंका छ, उनको घरमा अहिले पनि हवल्दारको कमाण्डमा पाँच कर्मचारीहरू राखिएको छ’, मुख्यालयमा कार्यरत एक कर्मचारीले भने ।

यस्तै, मुख्यलायमा रहेका एसएसपी राजेश उप्रेती ऐना कसरी हेर्ने भन्दै कर्मचारीलाई सिकाउदै बसेपनि तालिम केन्द्रमा समेत लायक नेदेखिदा अहिलेसम्म प्रशासन कार्यविभागमै हल्लिरहेका छन् । अर्का एसपी टोपबहादुर डाँगी अर्कालाई हटाएर आफू बारामा कमाण्ड गर्न पुग्दा असफल भएर आएपछि कार्यविभागमा थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्