Logo
Logo

अब संसदमा गिरीबन्धु टी स्टेटको मुद्दा कांग्रेसको एजेण्डा


1.9k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अब गिरीबन्धु टी स्टेटको विषय पनि संसदमा उठाउने भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले गिरीबन्धु टी स्टेटको विषय पनि सदनमा उठाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न आदेश दिइसकेको छ । बैठकपछि संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले संसदमा उठाउने अर्को पनि एजेण्डा थपिएको बताए ।

उनले भने, ‘आजबाट हाम्रो संसद्मा उठाउने अर्को एजेन्डा पनि थपिएको छ । गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्दै यो विषयलाई प्राथमिकताका साथ उठाउँछौँ । यो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

२०७८ वैशाख १३ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले यो जग्गा भाडामा दिने निर्णय गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको छानबिनको माग गर्दै संसदीय समिति बटमलाइन बनाउँदै आएको कांग्रेसले अब गिरीबन्धु टी स्टेटको मुद्दालाई पनि एजेण्डा बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्