
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपेन्द्र यादव नेतृत्वको जसपालाई गलहत्याएर सरकारबाट निकालिएको टिप्पणी गरेका छन् । मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जसपा विभाजनलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
साथै उनले उपेन्द्रले मन्त्री पदबाट राजनीनामा नदिएको भए सरकारबाट गलहत्याएर निकालिने पनि दाबी गरे । उनले भने, ‘उपेन्द्रजीको अवस्था काम छँदाको भाँडो काम नहुँदा भाडो भनेजस्तै भयो । यदि उहाँले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।’
जसपा केपी ओलीको प्रतिगमनको विरुद्ध सँगसँगै अघि बढेको र निर्वाचनपछि बनेको गठबन्धनको महत्त्वपूर्ण घटक भएको उनको भनाई थियो ।














