Logo
Logo

राष्ट्रियसभामा पनि कांग्रेसले अवरोध गर्ने


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने बताएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बोलाएको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँगको छलफलमा कांग्रेसले सो जानकारी गराएको हो ।

नेपाली कांग्रेस दलका नेता कृष्णप्रसाद सिटौलाले सदन अवरोध गर्ने जानकारी दिए । ‘संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौँ । धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रियसभा बैठकमा हाम्रो अवरोध रहन्छ । यो हाम्रो पार्टीको निर्णय हो,’ उनले भने ।

अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारीअनुसार सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रियसभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको थियो ।

उक्त छलफलमा नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा गृहमन्त्री लामिछाने संलग्न भएको र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।

समिति नबनेसम्म सदन चल्न नदिने अडान कांग्रेसको छ । बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्