Logo
Logo

आर्थिक वृद्धिदरमा सुधार


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन् ।

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको बताएका हुन् ।

यस्तै मुद्रास्फितीदर घटेको राष्ट्रपति पौडेलले बताए । लगानीको वातावरण सुधार गर्नका लागि कानुनको संशोधन गरेका र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको उनले बताएका छन् ।

वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी रहेको र लामो समयदेखि घाटामा रहेको चालू खाता नाफामा आएको उनले बताए । यस्तै सोधानान्तर स्थिति सुधार आएको र पर्यटनको आवागमन बढ्दा अर्थतन्त्र चलायमान बनेको उनले बताए ।

यसबाहेक समयमा नै बिउ र मल उपलब्धता हुँदा धान र खेतीबालीको उत्पादन बढेको राष्ट्रपतिले बताए । थप ३ हजार भूमिमा सिञ्चाई सुविधा विस्तार हुँदा सुनकोसी मरिन डाइभर्सनको सुरुङ समयअगावै छिचोलिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्