काठमाडौं । सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत सो जानकारी दिएका हुन् ।

विदेशबाट ड्रिलिङ मेसिन ल्याई अध्ययन थालेको सरकारले आगामी वर्ष अन्वेषणको काम सकिने उनले बताए । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी उत्खननमा प्रोत्साहान गरिने पनि जानकारी गराए । म्याग्नेसाइट फोसफरोस, फलाम जस्ता खानीलाई प्राथमिकता दिने भएको छ ।
ष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।














