Logo
Logo

निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग खोलिने


126
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मार्फत निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग खोल्ने घोषणा गरेको छ । कृषिलाई व्यावसायीकरण तथा चक्लाबन्दी गरी एकीकृत उत्पादन बढाउने सरकारले घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत बीउबिजन आत्मनिर्भरका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

पौडेलले सबै स्थानीय तहको बाली दर्ता गरी उच्च उत्पादन हुने बालीलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए । कृषि तथा अन्य उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ स्वदेशमै उपलब्ध गराउने, सहज कृषि कर्जा प्रदान गर्ने बताएका छन् ।

यस्तै कृषि तथा पशुपालनको एकीकृत उत्पादन तथा बजारीकरणका लागि स्थानीय तहलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा छ ।

चैते धानमा उत्पादन गर्न स्थानीय तहमार्फत प्रोत्साहन दिने पनि घोषणा सरकारले गरेको छ । सरकारले सिजन सुरु हुनु अगाडि नै बालीको न्यूनतम समर्थन मूल्य तोक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्