Logo
Logo

फेरि पूँजीगत खर्च वृद्धिको घोषणा


252
Shares

काठमाडौं । सरकारले विगत वर्षहरूमा जस्तै यो वर्ष पनि पूँजीगत खर्च वृद्धि गर्ने घोषणा गरेको छ । हरेक वर्ष प्राथमिकता साथ यो कार्यक्रम घोषणा गरिएको छ ।

तर, विगत वर्षहरूमा वर्षैभरि ६० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुन सकेको छैन । चालू आर्थिक वर्ष अहिलेसम्म ३७ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।

विनियोजन कुशलता कायम गर्ने तथा सार्वजनिक ऋण अधिकतम प्रतिफल दिने क्षेत्रमा मात्रै उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक सहायतालाई प्राथमिकताका क्षेत्रमा प्रयोग गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ ।

चालु आवको नीति तथा कार्यक्रममा पनि यस्तै घोषणा गरिएको थियो । ‘तीनै तहको सरकारको बजेट निर्माणदेखि कार्यान्वयन प्रक्रियासम्मको पुनरावलोक गरी पूँजीगत खर्च वृद्धि गरिने छ,’ गत वर्ष प्रस्तुत गरिएको यो आवको नीति कार्यक्रममा छ ।

प्रतिक्रिया दिनुहोस्