Logo
Logo

सरकारको नीति तथा कार्यक्रममा एमाले हाबी


1.2k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा नेकपा एमाले हाबी भएको देखिएको छ ।

सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेकपा एमाले भए पनि सरकारको नेतृत्व भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । तर, सरकारको नीति तथा कार्यक्रममा भने नेकपा एमाले हाबी देखिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणलाई, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली समावेश गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय आकांक्षाको रूपमा प्रस्तुत गरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा एमालेका अवधारणा हो ।

आफ्नो अवधारणालाई नीति तथा कार्यक्रममा समेट्न एमाले सफल भएको छ । अघिल्लो वर्ष प्रस्तुत गरिएको चालु आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधरणालाई समेटिएको थिएन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आएको नीति तथा कार्यक्रममा भने ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई उच्च प्राथमिकता दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्