सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन तथा वितरण गर्न नीतिगत रूपमा बाटो खुला गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

विभिन्न अध्ययनले नेपालमा हाइड्रोजनको उत्पादन सम्भव देखाएको छ । सरकारले पनि हाइड्रोजन नीति लागू गरेको छ। त्यो अवस्थामा सरकारले आगामी आवको नीति तथा कार्यक्रममार्फत पनि यसलाई सम्बोधन गरेको हो ।














