Logo
Logo

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउनसक्ने


819
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा बहस सकिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भइरहेको सुनुवाइमा सन्दीपका वकिलको बहस सकिएको हो ।

अहिले सन्दीपविरुद्ध जोहरी दिएकी किशोरीको तर्फबाट बहस भइरहेको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । न्यायाधीशले इजलासमा आजै यो मुद्दा टुंग्याउनुपर्छ भनेको उच्च अदालत पाटन स्रोतले जानकारी दिएको छ ।

यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन सकको थिएन । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ।

प्रतिक्रिया दिनुहोस्