Logo
Logo

विद्युत् उत्पादन साढे ४ हजार मेगावाट पुर्याइने


189
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा विद्युतको जडित क्षमता चार हजार ५०० मेगावाट पु¥याउने घोषणा गरेको छ ।

हाल विद्युतको जडित क्षमता तीन हजार मेगावाट हारहारी छ। आगामी आवको असार मसान्तसम्म विद्युतको जडित क्षमता चार हजार ५०० मेगावाट पु¥याउने लक्ष्य सरकारको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यसैगरी आगामी आवमा प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पु¥याउने उनको भनाइ छ ।

सौर्य आयोजनाको पनि विद्युत् खरिद–बिक्री सम्झौता गरिने उनले बताए । आगामी आवमा १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालगायतको निर्माण अघि बढाउने राष्ट्रपतिले उल्लेख गरे ।

यसैगरी दुधकोशी, माथिल्लो अरुण, फुकोट कर्णाली, चैतपुर सेती, तामाकोशी–५ लगायतका आयोजनाको वित्तीय व्यवस्थापन तथा निर्माण अघि बढाउने सरकारको घोषणा छ ।

प्रतिक्रिया दिनुहोस्