Logo
Logo

संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल हुँदैनः कांग्रेस


189
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल नहुने बताएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनैपनि सरकारी प्रस्तावमाथि संसदमा छलफल नहुने बताए ।

उनले भने, ‘कुनैपनि सरकारी प्रस्तावमा हामी प्रवेश गर्दैनौँ, सरकारी कार्यसूचीमा, सरकार सम्बन्धी विधेयकमा हामी प्रवेश गर्दैनौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई सम्बोधन गर्न दिनुस्, छानबिन समिति बनाउने कोसिस गर्छु प्रतिबद्धता जनाएको आधारमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौँ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको र नयाँ कुरा केही नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्