Logo
Logo

संसदको दुवै सदनमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिन पाएन


567
Shares

काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगत्तै प्रतिनिधिसभा बैठक बसेको थियो, जहाँ राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो ।

तर, सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरे । घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरे । तर, कांग्रेसले विरोध जनाइरह्यो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक यही जेठ तीन गेत बिहान ११ बजेसम्मको लागि स्थगित गरेका छन् ।

यसैगरी राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको छ । जसका कारण राष्ट्रियसभा पनि राष्ट्रपतिलाई धन्यवाद दिन पाएनन् ।

अध्यक्ष नारायण दाहालले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरु विरोध जनाएका थिए । अध्यक्ष दाहालले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरे ।

कांग्रेस सांसद कृष्ण रोकाले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले संसदीय छानबिन समिति नबनेसम्म कुनै पनि कारबाही अगाडि नबढ्ने बताए ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक स्थगित गरे । अर्को बैठक ३ जेठलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्