Logo
Logo

प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ


1k
Shares

काठमाडौं । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङ रहेका छन् ।

उनीहरुमाथि बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोप लागेको छ । सहकारी रजिस्ट्रारको कार्यालयले दिएको जाहेरीकको आधारमा उनीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । प्रहरीले बचतकर्ताहरुसँग पनि उजुरी आह्वान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्