Logo
Logo

निर्वाचन भएको २ वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश


630
Shares

काठमाडौं । पोखरा उच्च अदालतले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश दिएको छ । निर्वाचन सम्पन्न भएर पनि निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतले यस्तो आदेश दिएको हो ।

स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए । दीपक पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित जोशीले बिहीबार उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए । न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए । उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले उनको दाबीअनुसारै फैसला गरिदिएपछि निर्वाचन आयोगले फेरि मतगणना गरेर नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्