Logo
Logo

केबलकार बनाउन रुख काट्न थालेपछि मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द


3.5k
Shares

काठमाडौं । कोशी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आज ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द गरिएको छ ।

पाथिभरा (मुक्कुम्लुङ)मा केवलकार सञ्चालनका लागि रुख काट्न थालेपछि मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघसंस्थाले बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण मेची राजमार्गमा यातायातका साधन ठप्प भएका छन् भने इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ ।

निजी कम्पनीलाई केवलकार सञ्चालन गर्न दिनका लागि रुखहरु कटान थालिएको छ । रुख काटेको बिरोधमा आज र भोलिका लागि मेची राजमार्ग र तमोर करिडोर सडक बन्दको आव्हान गरिएको हो । बन्दका कारण तमोर कोरिडोर सडक खण्डमा समेत यातायतका साधान चलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्