Logo
Logo

आईपिएलमा आज राजस्थान र पञ्जाव भिड्दै


630
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल)मा आज एक खेल हुँदैछ । आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि शुरु हुने छ ।

जारी आईपिएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा छ । र आजको खेल जितेमा राजस्थानले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ । त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।

राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्