Logo
Logo

नेविसंघको प्रश्न- रवि दाइ, खै जीबी राई ?


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ । रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको हो ।

बुधबार बिहान नेविसंघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले ‘रवि दाई, खै जीबी राई’, ‘निर्दोष छु रे, निर्दोष मान्छे छानविनबाट कि डराएको’जस्ता प्लेकार्ड बोकेका थिए । उनीहरु एमाले अध्यक्ष केपी ओलीविरुद्ध पनि नारा लगाएका थिए ।

गृहमन्त्री रवि लामिछानेले भने आफूलाई संसद्मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् । उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ । कांग्रेस निकट महिला संघले मंगलबार प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्