Logo
Logo

उपेन्द्रको रिट न्यायाधीश शर्माको इजलासमा


2.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णय विरुद्ध दायर गरेको रिटमा सुनुवाइ हुँदैछ ।

आफ्नो दल विभाजन गरी अशोक राई नेतृत्वको नयाँ दल जसपालाई वैधानिकता दिएपछि आयोगको निर्णयविरुद्ध उपेन्द्र सोमबार सर्वोच्च पुगेका थिए । उनले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको एकल इजलासको तेस्रो नम्बरमा पेशी तोकिएको छ ।

रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।

रिटमा पार्टी फुटाउनका लागि ४०६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने र राई पक्षीयसँग पर्याप्त सङ्ख्या नभएको जिकिर गरिएको छ । तर निर्वाचन आयोगले यसलाई नहेरी वैधानिकता दिएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी अध्यादेश नै नभएको अवस्थामा नियमावलीको आधारमा दल दर्ता गरेकाले आयोगको निर्णय गैरकानुनी भएको जिकिर रिटमा गरिएको छ । यस्तै आयोगले निष्क्रिय रहेको कानुनको हवाला दिँदै छुट्टै नयाँ दलको रूपमा दर्ताका लागि दिएको निवेदनमा मागअनुसार दल दर्ताको निर्णय गर्नु गैर कानुनी र त्रुटिपूर्ण रहेको जिकिर गरिएको छ ।

सर्वोच्चले आज गर्ने सुनुवाइले अन्तरिम आदेश जारी गरेमा राईको पार्टीले तत्काल वैधानिकता पाउने छैन । यस्तो अवस्था राईसहितका नेताहरू दलविहीन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्