Logo
Logo

भद्रगोल अध्यागमन विभाग : भिसा शुल्क ३५ डलर भनेपछि…


रमेश घिमिरे

2k
Shares

काठमाडौं । मंगलबार एक सेवाग्राही विदेशबाट नेपाल आएकी आफ्नी छोरीको नातेदार भिसा (रिलेशन सिप भिसा)को एक महिना म्याद थप गर्न केन्द्रीय अध्यागमन विभाग, कालिकास्थान पुगिन् । त्यहाँ उनलाई अध्यागमनका अधिकृतले अनलाईन फाराम भर्न भने । सेवाग्राहीले अध्यागमन विभागको वेबसाईटमा रितपुर्वकको फाराम भरिन् ।

वेबसाईटको सिस्टमले सेवाग्राहीलाई एक महिनाको भिसा शुल्क अमेरिकी १० डलर तिर्नुपर्ने देखाउँछ । आवश्यक सम्पूर्ण कागजातसहित अध्यागमन अधिकृतले उनलाई तीन महिनाको ३५ डलर तिर्नुपर्ने बताउँछन् । यहाँ १० डलर देखाउँछ भनेर सोध्दा ‘हामी त्यो अनुसार अपडेट छैनौँ, तपाईले तीन महिनाको ३५ डलर नै तिर्नुपर्छ’ भनि गैरजिम्मेवार जवाफ दिए ।

त्यसपछि सेवाग्राहीले अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलालाई सबै बेलिबिस्तार लगाएपछि महानिर्देशकले बुझ्दा एक महिनाको भिसा शुल्क ३५ डलर भनि लिँदै आएको गैरकानुनी रहेको देखियो । त्यसपछि सेवाग्राहीको एक महिनाको भिसा १० डलरमै नविकरण भयो । यस प्रकरणमा सेवाग्राहीले महानिर्देशक निरौलाले गरेको सहयोगको खुलेरै तारिफ गरे ।

€सबाट के स्पष्ट हुन्छ भने अध्यागमन विभागले एक महिनाको भिसा शुल्क १० डलरको ठाउँमा ३५ डलर लिएर सेवाग्राहीलाई ठगि गर्दै आएको रहेछ ।

संसार डिजिटल प्रविधिमा चल्न थालेको धेरै भइसक्यो । तर, अध्यागमन विभागमा यति बेथिति छ, एक जनाको भिसाको काम सकिन दुई घण्टा बढी समय लाग्छ । यस्तै, त्यहाँभित्र एक कपि फोटो कपि गरेको दश रुपैयाँ लिइन्छ जबकि, बाहिर दुई रुपैयाँमा गरिन्छ ।

यस्तै, अध्यागमन विभागको अनलाईन भिसा सिस्टमबाट टुरिष्ट भिसा मात्र लिन सकिन्छ । सबै किसिमको भिसा अनलाइनबाटै प्राप्त गर्न सक्न व्यवस्था अध्यागमन विभागमा छैन । यसले गर्दा केन्द्रीय अध्यागमन विभागमा अनावश्यक भिडभाड लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्