Logo
Logo

घनश्यामको प्रतिवेदन- गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो (पूर्णपाठ)


3.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनप्रति निर्भर हुँदा पार्टीप्रति आकर्षण घटेको निष्कर्ष निकालेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमा महासचिव घनश्याम भुसालले गएको ०७९ को निर्वाचनमा गठबन्धनमा निर्भर रहँदा पार्टी निर्माणको काम ओझेलमा परेको निष्कर्ष निकालेका हुन् ।

उनले निर्वाचनमा अपेक्षित नतिजा नआउँदा पार्टीमा आकर्षण कम हुँदै गएको दाबी गरेका छन् । ‘स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धि हासिल गर्न सकेनौँ । जसले गर्दा पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ उर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।

एमालेबाट विभाजित हुँदा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड नबनाइएकाले अहिले समस्या उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरू पार्टीमा आएको बताइएको छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पदमा रहेका कतिपय नेताहरूले सांगठनिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको सांगठनिक प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्