Logo
Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चावहिल शाखा महारागञ्जमा स्थानान्तरण


252
Shares

काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको कामनपा वडा नं ७ स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई कामनपा वडा नं ३ स्थित महाराजगञ्जमा स्थानान्तरण गरिएको छ ।

आफ्ना ग्राहकहरुलाई छिटो र छरितो तरिकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समयसापेक्ष वृद्धि गरी लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नुपरेको जानकारी कम्पनीले गराएको छ ।

आइजीआइले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमाको क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखा थप्दै लैजाने उद्देश्यले अगाडि बढेको जानकारी गराएको छ । साथै आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकहरुलाई निर्जीवन बीमासम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्