Logo
Logo

कांग्रेसको सनकमा समिति बन्दैन, अब रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन : ओली


2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए ।

उनले भने, ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने ? कहाँ हुन्छ त्यो ? कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ ।’

उनले संसद बिहीबारबाट सुचारु हुनुपर्ने बताए । ‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने ? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्ने ? कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने ?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन । कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन । ’

उनले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको भन्दै आक्रोश पोखका थिए ।

प्रतिक्रिया दिनुहोस्