Logo
Logo

सन्दीप लामिछानेको मुद्दामा बहस लम्बियो


2.5k
Shares

कामठाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो ।

जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी वकिलले ओपनिङ बहस गरेका थिए भने त्यसपछि सन्दीपको तर्फबाट बहस भएको थियो ।

सन्दीपका कानुन व्यवसायीपछि सरकारी वकिलहरूले जवाफी बहस गरेका थिए । सरकारी वकिलको बहससगै जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस थालेका थिए । मङ्गलवार अबेरसम्म उनीहरूमध्ये केहीले बहस गरेका थिए ।

बुधवार बिहानदेखि उनीहरूकै बहस निरन्तर भएको थियो । चिया समयसम्म सक्नेगरि न्यायाधीशहरुले उनीहरूलाई डेढ घण्टा र सन्दीपका कानुन व्यवसायीलाई जवाफका लागि १ घण्टाको समय निर्धारण गरेका थिए । तर उक्त समय अपुग भएको भनी जाहेरवालाका तर्फबाट समय माग भएपछि इजलासले केही समय उपलब्ध गराएको हो ।

न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दा हेर्दै ’ राखिएको थियो ।

जाहेरवालाहरूको बहस अन्तिम किनारातिर रहेको र उनीहरूको बहसपछि आफूहरूले बहस गर्ने सन्दीपका कानुन व्यवसायीले जनाएका छन् ।

आफूहरूको धेरै कुरा नभएको तर इजलासमा बहसका क्रममा उठेको प्रश्नहरूलाई प्रस्ट पार्नुपर्ने देखिएको ती कानुन व्यवसायीले बताए । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ। बहस चलिरहँदा लामिछाने पनि अदालतमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्