Logo
Logo

जसपा विभाजनको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरकालीन आदेश


4.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासमा भएको प्रारम्भिरक सुनुवाइपछि बुधबार निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी भएको हो ।

निर्वाचन आयोगको २०८१ वैशाख २४ को बैठकमा भएका विभिन्न निर्णयमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियमा रहेका भन्ने देखिन आई उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएकाले उक्त बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकार्वाही जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा यथास्थितिमा राख्न अदालतको आदेशमा भनिएको छ ।

यस्तै अदालतले २०८१ जेठ ८ मा छलफलको लागि उपस्थित हुन दुवै पक्षलाई बोलाएको छ । उपेन्द्र यादव अमेरिका रहेका बखत अशोक राई नेतृत्वको समूहले जनता समाजवादी पार्टी नामको बेग्लै दल दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्