Logo
Logo

गौशाला-२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह


882
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने पक्षले जाहेरवाली गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएपछि उनका वकिल सरोजकृष्ण घिमिरेले यो हार वा जितको कुरा नभएको स्पष्ट पारेका हुन् ।

घिमिरेले भने, ‘यहाँ कसैको हार वा जित भएको होइन । त्यसैले उत्सव मनाउने बेला होइन । जाहेरवालाले आफूमाथि अन्याय भयो भनेर आउनुभयो, हामीले अन्याय भएको छैन भन्यौँ । हामीलाई आज न्याय भएको छ । जाहेरवालाप्रति हानी गर्ने कुरा नलेख्नुहोला ।’

घिमिरेले आफूहरूलाई अदालतप्रति सुरुवातदेखि नै विश्वास रहेको बताउँदै अदालतको फैसलालाई सम्मान गर्ने बताए । उनले भने, ‘सन्दीपले सहयोग गर्छु भनेर नै हाजिर हुन आएका थिए । आरोपपछि उनको कप्तानी सन्पेन्सन हुने अवस्था आयो । अब क्यानले सन्दीपलाई कप्तानी फिर्ता दिन्छ भन्ने आशा छ ।’

त्यस्तै, सन्दीपले पनि अदालतको फैसलालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘साढे १ वर्षभन्दा बढी भएछ । मैले पहिलो दिनदेखि म निर्दोष छु भन्दै आएको थिएँ । मलाई फसाएर मलाई दोषी करार गरिएको थियो । मैले जिल्लाको फैसलालाई सम्मान गरेको थिएँ । आज उच्च अदालतको फैसलालाई पनि सम्मान गर्छु ।’

प्रतिक्रिया दिनुहोस्