Logo
Logo

डिल्लीराम खनाललाई धरौटीमा रिहा गर्न आदेश


1.8k
Shares

काठमाडौं । विभिन्न युट्युब च्यानलमा अफवाहपूर्ण अभिव्यक्ति दिएका कारण चर्चामा आइरहने डिल्लीराम खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

पछिल्लोपल्ट सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबाबु (जीबी) राईको हत्या भएको हल्ला फैलाएको आरोपमा पक्राउ परेका खनाललाई न्यायाधीश खेमराज भट्टको इजलासले ५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए ।

उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय अपराधको अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्