Logo
Logo

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड


378
Shares

काठमाडौ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरियाका राष्ट्रपति, युन सुक येओल त्यहाँको सरकार र कोरियाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका छन् । बधाई सन्देशमा प्रधानमन्त्रीले दुई देशबीच पारस्परिक सम्मान र सद्भावनामा आधारित सम्बन्ध हार्दिक एवं मैत्रीपूर्ण रहेको बताएका छन् । आधा शताब्दी पुरानो द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्रीले त्यसलाई चिरस्थायी बनाउन व्यापक सहकार्यका साथ मनाउनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी गणतन्त्र कोरियाका राष्ट्रपति येओलले नेपाल सरकार र जनतामा शुभकामना व्यक्त गरे । उनले दुई देशबीच विभिन्न क्षेत्रमा मित्रता र सहयोगको सुदृढ सम्बन्धमा सम्बन्धमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बधाई सन्देशमा कोरियाली राष्टपतिले नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्