Logo
Logo

राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्नु पर्छ : उपसभामुख


126
Shares

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सांसदहरु राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्न सक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को आज स्थलगत निरीक्षण गर्दै उपसभामुख रानाले विधायिकाको भूमिकाबारे उल्लेख गर्दै दल र सत्ताको स्वार्थभन्दा माथि राखेर जनता तथा राष्ट्रको हितमा काम गर्न सुझाव दिए ।

‘कतिपय समयमा सदन र संसदीय समितिमा सांसदहरुको गणपूरक सङ्ख्या नपुगेर स्थगन भइरहेको अवस्था छ । विधायिकाको भूमिका सामान्य हैन’, उनले भने, ‘हरेक अङ्ग सङ्गठित र मजबुत हुनुपर्यो । एक अर्कालाई दोषारोपण गरेर मात्र हुँदैन । हाम्रो धेरै अभ्यास सत्तामा केन्द्रित भयो, त्यो रणनीति पनि हो । तर राष्ट्रिय हितका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनैपर्छ ।’

उपसभामुख रानाले स्थिर सरकार नहँुदा पनि समस्या भएको बताए । उनले संसद्को प्रभावकारी सञ्चालनका लागि शीर्ष दलका नेताहरु पनि एउटै विन्दुमा आउनुपर्नेमा जोड दिए । सदन निष्पक्ष र प्रभावकारी सञ्चालन गर्न उपसभामुखको भूमिकामा आफू प्रयासरत रहेको उनको भनाइ थियो । उपसभामुखको भूमिकामा उठ्दै आएका प्रश्नलाई आफूले चिर्ने उहाँले विश्वाससमेत व्यक्त गरे ।

सभामुख र सचिवालयको सहकार्यका लागि सांसदहरुको क्षमता अभिवृद्धिमा लागिपरेको उपसभामुख रानाले बताए । ‘‘उप’, ‘चुप’ भन्ने भाष्य खडा भएको छ । यसलाई म सधैँ खण्डन गर्छु’, उनले भने, ‘सदन निष्पक्ष र प्रभावकारी ढङ्गले सञ्चालन गर्नु मेरो दायित्व हो । तर म एक सांसद पनि हो । मेरा अनुभव र ज्ञानका आधारमा कसैलाई आरोप प्रयारोपबिना पनि सम्मान्नपूर्वक व्यवहार गरेर उपसभामुखले प्रतिक्रिया एवं धारणा राख्न पाउनुपर्छ ।’

बालबालिका, महिला, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका मुद्दा सदनमा पर्याप्त मात्रामा उठान गर्नुपर्ने उपसभामुख रानाको भनाइ छ । निष्पक्ष र स्वतन्त्र पत्रकारिताबाट सुशासन कायम राख्न सम्भव हुने उहाँले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्