Logo
Logo

पाल्पामा जिप दुर्घटना : एक बालकसहित दुईजनाको मृत्यु


315
Shares

पाल्पा । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एकजना बालकसहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

गएराति नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा जिपका चालक पनि घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका अधिकांशको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्