Logo
Logo

सरकार जाेगाउन बागमतीका मुख्यमन्त्रीले दोस्रोपटक मन्त्रालय फुटाए


2.1k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुनः मन्त्रालय फुटाएका छन् । सत्तारुढ गठबन्धनलाई भागवण्डा पुर्याउन १२ सदस्यीय रहेको बागमती मन्त्रिपरिषद एक मन्त्रालय विभाजनपछि १३ सदस्यीय भएको छ ।

माओवादीका मन्त्री कुमारी मोक्तानले सम्हाल्दै आएको सामजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । अब उक्त मन्त्रालयको जिम्मेजवारी एकीकृत समाजवादीका रमा आलेमगरलाइ दिइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गा नारायण श्रेष्ठले बताए ।

मुख्यमन्त्री जम्कट्टेलको हालसम्मको कार्यकालमा मन्त्रालय फुटाइएको यो दोश्रो घटना हो । यस अघि काङ्ग्रेससँगको सहकार्यको सरकारमा पनि उनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बनाएका थिए ।

काङ्ग्रेसले सरकारलाइ दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी भुमिकामा पुगेपछि पुनः विश्वासको मतको लागि मनाउनको लागि उनले समाजवादी सभासद आलेलाई मन्त्रालय दिने सहमती गरेका थिए ।

एक सभासद मात्र कम भएको अवस्थामा विश्वासको मत पाउने अवस्था नरहेको र आफुले मन्त्रीको जिम्मेवारी नपाए विश्वासको मत नदिने आलेको अडानपछि मुख्यमन्त्रीले आलेलाइ मन्त्रालय दिने वचन दिएका थिए । मुख्यमन्त्रीको बचनपछी आलेले विश्वासको मत दिएको र त्यसको भोलिपल्ट उनलाइ विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

प्रदेशसभाको दोश्रो कार्यकालमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले पहिलो निर्णयनै मन्त्रालयको संख्या कटौती गर्ने र चुस्त दुरुस्त प्रदेश सरकारलाइ भार नपर्नेगरि मन्त्रालय बनाउने थियो । तर सत्ता गठवन्धनको कारण आफ्नो सरकार जोगाउन उनले हालसम्म दोश्रो पटक मन्त्रालय विभाजन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्