Logo
Logo

जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण


189
Shares

काठमाडौं । नेकपा एमालेले आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

एमालेले मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति एवं मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्बिर र शालिकमा माल्यार्पण गरेका छन् ।

रहस्यमय जीप दुर्घटनामा उनीहरुको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक–पटक आलोचना हुँदै आएको छ । एमालेकै नेताहरूले मदन र आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको दाबी अझै गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्