Logo
Logo

सुदूरपश्चिम : कांग्रेस र नाउपाको अवरोधपछि आधा घण्टाका लागि बैठक स्थगित


567
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस र नाउपा रेशम पक्षका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन आजको बैठक आह्वान गरिएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस र नाउपा रेशम पक्षलेबिरोध गर्दै रोस्ट्रम घेरेका थिए । नाउपाका २ मन्त्री सत्तापक्षमा बसेका थिए भने अन्य सांसद प्रतिपक्षमा उभिएका छन् ।

नाउपका घनश्याम चौधरीले मुख्यमन्त्री दीर्घ सोडरी असंवैधानिक रहेको जिकिर गरे । प्रतिपक्षमा नाउपका ५ सांसद र कांग्रेसका सबै सांसदले विरोध जनाए पनि राप्रपा सांसद खेमा बिष्ट भने सिटमै बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्