Logo
Logo

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग


3.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता भएको भनिएको विषयमा छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए ।

उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत रकम अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नता भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस विषयमा छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनी हाम्रो पार्टी माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्