Logo
Logo

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन


189
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएको छ ।

आज बिहीबार बिहान ११ बजे बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको हो । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि यो समाचार तयार पार्दासम्म सुचारु हुन सकेको छैन ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस दिन कांग्रेसको अवरोधका कारण राष्ट्रपति पौडेललाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । आफुहरुको माग सम्बोधन नभए आजको संसद बैठक पनि चल्न नदिने सांसद रामहरि खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्