Logo
Logo

प्रधानमन्त्री, गृहमन्त्री र ओलीबीच भेटवार्ता


3k
Shares

काठमाडौं । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका रास्वपा सभापत िरवि लामिछानेबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच संसद बैठक सुरु हुनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो । भेटमा
संसद्को गतिरोध अन्त्य र समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यी तीन नेताबीच बुधबार पनि सिंहदरबारमा छलफल भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन माग गर्दै आएको छ । आफुहरुको माग पूरा नभएसम्म संसद चल्न नदिने उसले अडान लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्