Logo
Logo

दासढुंगा घटनाबारे गम्भीर छानबिन गर्नुपर्छ : माधव नेपाल


1.2k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्ने बताएका छन् । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र जीवन आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोलदै उनले सत्यतथ्य अझै बाहिर आउन नसकेको बताएका हुन् ।

‘सत्यतथ्य के हो अझै छानबिन गर्न बाँकी छ । यसअघि भएका छानबिन कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । र त्यो दुर्घटनाका सन्दर्भमा गम्भीर हामीले खोजी गर्न आवश्यक छ,’ उनले भने ।

अध्यक्ष नेपालले दुर्घटनाको साक्षी अमर लामाको हत्या पनि रहस्यम रहेको बताए । दुर्घटनाको अन्तिम साक्षी अमर लामालाई कीर्तिपुर गइरहेको बेला गोली हानेर मारिएको थियो । यद्यपी किन र कसले लामाको गोली हानेर हत्या गर्यो अझैसम्म यो पनि रहस्यमय छ । नेतता नेपालले भने, ‘कुनै पार्टीसँग जोडिएका मान्छेले मारे भन्ने कुरा आएको छ । सम्बन्धित् पार्टीले पनि के भएको हो भन्ने बारेमा छानबिनमा सहयोग गर्नुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्