काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षको अवरोधकाबीच बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् ।
सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीसहित २८ जनाले मतदान गरेका थिए । मत विभाजनमा नेपाली कांग्रेस, नाउपाको रेशम पक्ष र राप्रपा सांसद भने मतविभाजनमा सहभागी भएनन् ।
कांग्रेस र नाउपाको रेशम पक्षले संसद बैठक मै नाराबाजी गरेको थियो । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षको नाराबाजी र अवरोधकाबीच मुख्यमन्त्री सोडारीले प्रस्ताव पेस गरेका थिए ।