Logo
Logo

अन्ततः संसद् खुलाउन कांग्रेस तयार, रविलाई बोल्न दिने


6.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदनको अवरोध खुलाउन सहमत भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेस सदनको अवरोध हटाउन तयार भएको हो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै आएको थियो । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने कांग्रेस सांसद रामहरि खतिवडाले बताए । योसँगै रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले बैठकमा बोल्न पाउने भएका छन् ।

खतिवडाका अनुसार बैठकमा पहिला गृहमन्त्रीले आफ्ना भनाई राख्ने र त्यसपछि कांग्रेसका सांसदहरुले बोल्ने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारेका थिए।

दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहानका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्