Logo
Logo

राष्ट्रियसभा बैठक साढे ४ बजे बस्ने


189
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ः ३० बजेका लागि सरेको छ । यसअघि आज अपराह्न १ः १५ बजे बस्ने तय भएको बैठक विशेष कारणबस सारिएको संसद सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने मागसहित बैठक अवरोध गर्दै आएको थियो । तर, आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि कांग्रेस संसदको दुबै सदनको अवरोध हटाउन तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्