Logo
Logo

८ करोड मूल्य बराबरको कोकिनसहित तीनजना विदेशी महिला पक्राउ


693
Shares

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी मिहलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी गराएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम थियो ।

त्यस्तै, युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ । यस्तै, भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।

पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहमा आवद्ध रहेको प्रहरीले जनाएको छ। लागुऔषधको कारोबारमा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्