Logo
Logo

कानून व्यवसायीको राष्ट्रिय सम्मेलन शुक्रवारदेखि


315
Shares

काठमाडौँ । १६औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन भोलि शुक्रवारदेखि काठमाडौँमा हुँदै छ । बिहीवार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलन जेठ ६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुने बताए ।

सम्मेलनमा तय गरिएका विविध विषयहरुमा कानून व्यवसायीले कार्यपत्र प्रस्तुत गरी सो उपर छलफल हुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायका तर्फबाटसमेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

उनले न्यायलयमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि कार्की प्रतिवेदन कार्यान्वयन गर्दै न्यायिक सुशासन र नागरिकको न्यायिक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको पनि बताए ।

नेपाल बार एशोसिएशनको २०८० मंसिर २४ र २५ गते चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको निर्णय अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पदावधिका सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिनका लागि सम्मेलनमा प्रस्ताव पेश गर्नेसमेत उनले बताए ।

न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन सम्मेलन कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष घिमिरेले ‘सक्षम कानून व्यवसायी, मर्यादित बार न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढिकरणको आधार’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्