Logo
Logo

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन


945
Shares

काठमाडौँ । नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

बिहीबार छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

८५ वर्षको उमेरमा थापाको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि थापालाई दुईदिन अघि अस्पतालमा भर्ना गरिएको थियो।

थापा २०५२ जेठ १ देखि ०५६ जेठ १ सम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्