काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ ।
राष्ट्रिय सभाको बैठकमा कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राखेर अवरोध गरेका कारण बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

दलहरुबीच सदनको गतिरोध हटाउन पहल गरे पनि सफल हुन सकेको छैन । राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते शुक्रबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।














