Logo
Logo

रास्वपाको घोषणा- देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानबिन समिति नबन्ने घोषणा गरेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी सहप्रवक्ता एवं सांसद मनीष झाले अब समिति नबन्ने बताएका हुन् ।

‘समिति बन्दैन अब, अघि हामीले दुई सर्त मान्दिनू हामी समिति बनाउन तयार छौँ भनेर गएको हो। अब समिति बन्दैन,’ उनले भने, ‘समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीको सबै फाइल खोल्न तयार हुन्छ ।’

साथै, उनले संसद्मा भएको यो अवस्थाको जिम्मेवार कांग्रेसकै नेताहरू भएको दाबी गरे । उनले भने, ‘यो गाइजात्राको निर्देशन नेपाली कांग्रेसका नेताहरू हुन् ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी श्रीमती आरजु राणा र देउवाका जयवीरसिंह देउवाको सम्पत्ति छानबिन नभएसम्म गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति नबन्ने पनि बताए

उनले प्रश्ने गरे- ‘नेपाली कांग्रेसले यो हिम्मत राख्न सक्छ ? मेरो पनि सभापतिको सबै छानबिन गर, उसका छोराको पनि छानबिन गर, श्रीमतीको पनि छानबिन गर यो हिम्मत राख्न सक्छ ? अब समिति त्यो बेलामात्रमा बन्छ जब नेपाली कांग्रेसको पदाधिकारीमा लागेको सबै फाइल खोल्न तयार हुन्छ ।’

उनले सभापति रवि लामिछानेमाथि छानबिन हुँदा कुनै समस्या देखिए सबै सांसदहरू राजीनामा समते बताए । उनले भने,
‘उहाँ एक्लैले राजनीति छाड्छौँ भन्नुभएको छ, हामी सबैले राजनीति छाड्छौँ । के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ ? सक्छ भने च्यालेन्ज भयो ।’

प्रतिक्रिया दिनुहोस्