Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै


630
Shares

काठमाडौं । संघीय संसदको बैठक बस्नुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको बताइएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर, छानविन समिति गठन गर्न सत्ता साझेदार दलहरुले मानेका छैनन् । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी राखेपछि लामिछानेले बोल्न पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्