Logo
Logo

टी-२० विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने


378
Shares

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप खेल्नुअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ । आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएको हो ।

नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्